यस्तो हुनेछ ६ अर्बमा बन्ने संघीय संसद भवन

जेठ १२, २०७६ काठमाडौं : संघीय संसदको भवन निर्माण प्रक्रिया अगाडि बढेको छ। सहरी विकास मन्त्रालयले आइतबारदेखि संघीय संसदको आफ्नै भवन निर्माण प्रक्रिया अगाडि बढाएको हो। भवन निर्माणको जिम्मा पाएको मन्त्रालयले टेन्डर आह्वान गरेर संघीय संसदको नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढाएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए।

हाल संघीय संसदका राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएका छन्। जसको भाडा सरकारले वार्षिक १५ करोड रुपैयाँ तिरिरहेको छ।

पहिलो संविधानसभा २०६५ देखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद संचालन हुँदै आएको हो। सिंहदरबारभित्रको भवन संविधानसभा गठनपछि सानो भएको थियो। २०७२ को भूकम्पले क्षतिग्रस्त भएपछि विकल्पमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा प्रयोग भइरहेको हो।

प्रकाशित मिति: : 2019-05-27 08:45:01

प्रतिकृया दिनुहोस्