किराजस्तै देखिने रोबोटलाई हिँड्न सिकाउँदैछ फेसबुक !

६ वटा खुट्टा भएको, हेर्दा एउटा ठूला किरा जस्तो देखिने डेजी नामक रोबोट फेसबुकको आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च, फेयर ग्रुपको नयाँ रोबोट विज्ञान परियोजना अन्र्तगत पर्दछ । गत गर्मीयाम देखि नै फेयरका वैज्ञानिकहरुले रोबोटहरुलाई आफैँ हिँड्न र वस्तुहरु समात्न सिकाइरहेका छन् । उनीहरुको लक्ष्य ती रोबोटहरुलाई मान्छेकै शैलीमा वातावरण मार्फत नयाँ क्षमता विकास गराउनु रहेको छ । 

यसरी धेरैलाई विश्वको सबैभन्दा ठूलो सामाजिक नेटवर्क फेसबुकले रोबोट सम्बन्धी काम गरिरहेका बारे थाहा छैन । तर फेसबुक टोली लागेपरेको यो काम हाम्रो फेसबुकको न्युज फिडमा कतै देखा पर्ने पनि छैन । तर यसले आर्टिफिसियल इन्टेलिजेन्स, एआइका अनुसन्धानकर्ताहरुलाई धेरै पक्षमा मद्दत पुर्याउन सक्ने अपेक्षा गरिएको छ । जस्तै एआइका गतिविधिमा सुधार ल्याउन लागि परेका फेसबुक लगायत विभिन्न कम्पनीले शब्दहरु एउटा भाषाबाट अर्कोमा अनुवाद गर्न, तस्बिरबाट मानिस र वस्तुहरुको पहिचान गर्ने प्रविधिको विकास गर्न खोजिरहेका छन् जुन फेसबुकका लागि पनि उपयोगी साबित हुनेछ ।  

प्रकाशित मिति: : 2019-05-25 10:17:42

प्रतिकृया दिनुहोस्