कार्यालयमै कुटिए कर्मचारी

सांकेतिक तस्बिर

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारी कार्यालयमै कुटिएका छन् । कार्यकक्षमा काम गरिरहेको बेला ओभरसियर छेदि कुमार साफीलाई कल्याणपुर नगरपालिका ७ रमपुरा भेडियाका दिपेन्द्र यादवसहितको समूहले हातपात गरेको जनाइएको छ । 

गत भदौ–असोजमै कल्यापुर ७ कै आधारभूत विद्यालय रमपुरा भेडियाको प्राङ्गणमा माटो पुरेको मूल्याङ्कन गरिदिन भन्दै आएका दिपेन्द्र यादवसँग कामको सम्झौता र कार्यादेश ल्याउनुस अनिमात्र मूल्याङ्कन हुन्छ भनेवित्तिकै यादवसँगै आएका एक जनाले आफूमाथि हातपात गरेको ओभरसेयर साफीले बताए । 

उनले भने, ‘नगरसँग कुनै सम्झौता छैन, कार्यादेश छैन, केको आधारमा मूल्याङ्कन गर्ने भन्न नपाउँदै उनीहरुले गालामा थप्प्ड हाने ।’

प्रकाशित मिति: : 2019-05-22 13:27:30

प्रतिकृया दिनुहोस्