पारिवारिक र नातेदारहरुको जम्बो टोली लिएर पूर्वराजा थाइल्याण्ड घुम्न जाँदै

पूर्वराजा शाह पारिवारिक सदस्यहरुका साथ मुग्लिनस्थित मोटेल डि मुग्लिनमा केही बर्षअघि

निकट भविष्यमै पूर्वराजा ज्ञानेन्द्र शाह पूर्व राजपरिवारका सदस्य र नातेदारहरुको जम्बो टोली लिएर विदेश भ्रमणमा जाने भएका छन्।

पूर्वराजा शाह परिवार र नातेदारको जम्बो टोलीका साथ विश्वका राजतन्त्रात्मक मुलुकमध्येमा गनिने दक्षिण पूर्वी एसियाली मुलुक थाइल्याण्डको भ्रमणमा जान लागेका हुन्।

‘छोरा पूर्व युवराज पारश र आमा रत्न बाहेक पूर्वराजपरिवार एवं शाही नातेदारहरुको ठूलो टोली थाइल्याण्ड भ्रमण जाने तयारीमा छ’ स्रोतले भन्यो।

९१ बर्ष लागिसकेकी पूर्व मुमा बडामहारानी शारीरिक अवस्थाका कारण पूर्व शाही परिवारसँगै विदेश भ्रमण गर्न सक्ने स्थितिमा छैनन् भने लागू औषध सम्बन्धी मुद्दाका कारण पारश त्यहाँ जान सक्दैनन्।

६ बर्षअघि थाइल्याण्डमा प्रेमिका कन्निका चाइसर्नसँगै रहँदा गाँजासहित पक्राउ परेका पारश त्यसपछि नेपाल फर्केका थिए। त्यसयता उनी थाइल्याण्ड फर्केका छैनन्।

तर, पारश पत्नी हिमानी भने दुई छोरी पूर्णिका र कृतिकलाई पढाउनका लागि विगत केही समययता थाइल्याण्डमा नै बस्दै आएकी छन्।

प्रकाशित मिति: : 2019-05-18 13:19:51

प्रतिकृया दिनुहोस्