गाेरख शमशेर : दरबार हत्याकाण्डमा परिवार गुमाएपछि परेवा प्रेम

तस्वीर:रिवाज राई

काठमाडौं, जेठ ४ : २०५८ साल जेठ १९ गते राति भएको नारायणहिटी दरबार हत्याकाण्डले नेपालको इतिहासमात्रै बदलेन, गोरख शमशेर राणाको जिन्दगी पनि बदल्यो। 

त्यो शाही नरसंहार नभएको भए ज्ञानेन्द्र शाह राजा हुँदैन थिए। २०६१ साल माघ १९ गते प्रजातन्त्रविरुद्ध शाही कु पनि हुँदैन थियो। २०६२–६३ सालको जनआन्दोलन पनि हुँदैन थियो।

सम्भवतः गणतन्त्र आउने थिएन र नेपालमा आज पनि हिन्दू राजतन्त्र कायमै हुन्थ्यो।

त्यो दुःखद् घटना नभएको भए गोरख शमशेर राणा पनि आजपर्यन्त राजकुमारी श्रुती शाहसँगै हुन्थे। उनको हृदयमा कुनै गहिरो घाउ हुन्थेन।

प्रकाशित मिति: : 2019-05-18 13:13:51

प्रतिकृया दिनुहोस्