बालबालिका चकचके हुनुमा को जिम्मेवार ?

चकचके नानीहरू ... जहाँका पनि उही हुन् । तस्बिर : फाइल

अभिभावकहरूले आफ्ना बालबालिका धेरै चकचके भएको, पढाइमा ध्यान नदिने, भनेको नमान्ने गरेको भन्दै चिन्ता गरिरहँदा विज्ञहरूले चाहिँ त्यसमा अभिभावकले नै बालबालिकालाई दिइरहेको वातावरण उचित नभएको हुनसक्ने बताएका छन्।

हालसालै एउटा विद्यालयले एकजना बालकलाई धेरै चकचके भएको भन्दै आफ्नो विद्यालयमा पढाउन नसक्ने बताएको थियो।

अभिभावक महासङ्घ, अभिभावक र विद्यालय प्रशासनले उक्त विषय सल्टाए पनि बालबालिकाको चकचकेपनाले धेरै अभिभावकलाई चिन्तित बनाएको देखिन्छ।

बालबालिकासम्बन्धी डाक्टर र मनोविश्लेषकहरू भन्छन्, यो समस्या बालबालिकाको होइन। अभिभावक र शिक्षकको हो।

प्रकाशित मिति: : 2019-05-18 09:34:30

प्रतिकृया दिनुहोस्