९० दिनसम्म जहाज नउडाएर नेपाल एयरलाइन्सलाई आर्थिक भार थप्दै को–पाइलट उद्धव घिमिरे

तस्बिरः नेपाललाइभ

काठमाडौं– पछिल्लो समय नेपाल एयरलाइन्सले जहाज खरिदमा लिइको ऋणको किस्ता समेत तिर्न सकेको छैन। किस्ता तिर्न नसकेपछि सरकारले नै एयरलाइन्सले तिर्नुपर्ने ऋणको किस्ता र ब्याज तिर्दै आएको छ। ऋणमा डुब्दै गरेको एयरलाइन्सलाई झन् पाइलटबाटै आर्थिक भार थप्ने क्रम रोकिएको छैन। यसको एउटा उदाहरणको पात्र बनेका छन्, एयरबस ए ३२० का को–पाइलट उद्धव घिमिरे।

घिमिरेले एयरबस ३२० को को–पाइलट तालिम सकेको ९० दिनसम्म पनि जहाज नउडाएर एयरलाइन्सलाई थप झन्डै २ हजार डलर अर्थात् २ लाखभन्दा बढी आर्थिक भार थपिदिएका छन्। तालिम सकेको ९० दिनसम्म पनि जहाज उडान नगरेपछि पुनः सिमिलेटर तालिम लिनुपर्ने हुन्छ।

प्रकाशित मिति: : 2019-05-17 13:26:55

प्रतिकृया दिनुहोस्