धुलो खुवाएर पर्यटकलाई लुम्बिनीमा स्वागत, लाज छोप्न ठुला सवारी निषेध

लुम्बिनी प्रवेशद्वार

भैरहवा, लुम्बिनी- लुम्बिनी भ्रमण वर्ष-२०७६, बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसको जेठ ४ गते औपचारिक शुभारम्भ हुँदैछ। निकै तामझामका साथ कार्यक्रम सुरु गर्ने तयारी प्रदेश सरकार र लुम्बिनी विकास कोषले गरेको छ। कार्यक्रममा भिआइपी र भिभिआइपी पुग्नेछन्। यसका लागि प्रदेश सरकार र लुम्बिनी विकास कोषले तयारी गरिरहेका छन्। 

लुम्बिनी भ्रमण वर्ष तथा बुद्ध जयन्तीका लागि करोडौँ रुपैयाँ खर्च गर्ने तयारी भएपनि सडकको दुरवस्थाप्रति भने तालुकदार निकायले कमजोरी ढाकछोप गर्ने प्रयत्न गरेको छ। 

प्रदेश ५ को मन्त्रिपरिषदको बैठकको निर्णयानुसार पर्यटन मन्त्रालयले प्रस्ताव गरेको ४ करोड १९ लाख ६० हजार रुपैयाँ स्वीकृत गर्दै लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउन तयारी थालेको छ। लुम्बिनी विकास कोषले पनि लाखौँ रुपैयाँ खर्चेर बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाउँदैछ।

प्रकाशित मिति: : 2019-05-16 23:24:10

प्रतिकृया दिनुहोस्