के अमेरिका चीनविरुद्ध ‘मुद्रा युद्ध’ सुरु गर्दै छ?

डलर-युआन

चीनविरुद्ध व्यापार युद्धमा रहेका अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले मुद्रा युद्ध सुरु गर्ने संकेत गरेका छन्। 

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनविरुद्ध मंगलबार गरेको ट्विटपछि चीनविरुद्धका व्यापार युद्धमा जित हासिल गर्न मुद्रा युद्ध सुरु गर्नसक्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले आफ्नो वित्तीय प्रणालीमा पैसा लगाउने र ब्याजदरलाई न्यून पार्ने सम्भावना रहेको बताएका छन् । चीनले निर्यात प्रवद्र्धन गर्न पहिलेदेखि नै यस्तो गर्दै आएको बताउँदै अमेरिकाका केन्द्रीय बैंकलाई त्यसै गर्न आग्रह गरेका छन्।

‘यसले खेल समाप्त पार्नेछ, हामी जित्छौं’, ट्रम्पले ट्विटरमा लेखेका छन्, ‘फेडरल रिजर्भले यस्तै गर्‍यो भने । हामी जित्छौं ।’

चीनले विभिन्न कदम चालेर मुद्रा युआनको कृत्रिम अवमूल्यन गराई अनैतिक रुपमा फाइदा लिएको आरोप लगाउँदै आएको छ।

ट्रम्पले ब्याजदर बढाएको भन्दै केन्द्रीय बैंकको आलोचना गर्दै आएका छन्। जसले अमेरिकी डलरलाई महंगो बनाएको बुझाइ उनको छ ।

 

 
प्रकाशित मिति: : 2019-05-16 14:19:28

प्रतिकृया दिनुहोस्