गौतमबुद्ध विमानस्थलको काम रोकिएपछि प्राधिकरणले ठेकेदारलाई दियो १० करोड

तस्बिरः अनलाइनखबर

१ जेठ, काठमाडौं । ठेकेदारलाई दिनुपर्ने भुक्तानी रोकिएपछि प्रभावित भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सूचारु गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक स्रोतबाट रकम उपलब्ध गराएको छ । तत्कालका लागि १० करोड रुपैयाँको चेक ठेकेदार कम्पनीलाई उपलब्ध गराइएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

विमानस्थलका लागि आवश्यक रकम निकासा माग्दै ठेकेदार कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको फाइल करीव २० दिन रोकिएर भुक्तानी दिन नसकेपछि काम प्रभावित भएको थियो । निर्देशक अधिकारीका अनुसार विगत ५ दिनदेखि विमानस्थल निर्माणको काम अवरुद्ध छ ।

‘मन्त्रालयबाट ७० करोड रुपैयाँ निकासाको कुरा भएको छ,’ उनले भने, ‘तर, त्यो निकासा नहुञ्जेल काम नरोकियोस भनेर आजै १० करोडको चेक उपलब्ध गराएका छौं ।’

प्रकाशित मिति: : 2019-05-15 16:05:52

प्रतिकृया दिनुहोस्