'हामीले त राजधानी टुंग्यायौं, तपाईं कहिले टुंग्याउने ?'

हाम्रो प्रदेशमा स्वागत छ माननीय मुख्यमन्त्रीज्यू ! यतै आएर बस्नुस् न ।’

आफ्नो कार्यकक्षतर्फ इसारा गर्दै प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई स्वागतभाव दर्शाए । मुख्यमन्त्री भएपछि राई पहिलो पटक औपचारिक भ्रमणमा सोमबार प्रदेश २ को अस्थायी राजधानी जनकपुर पुगेका थिए ।

राईले हात दिए, राउतले कसिलो गरी समाए । अनि हात मिलाएर बस्ने स्थान देखाए । त्यसपछि ‘खादा त काम लाग्दैन, बरु यसले त गर्मीमा पसिना त पुछ्न सकिन्छ’ भन्दै जनकपुरिया रातो गम्छा गलामा लगाइदिए । राइले धन्यवाद भावमा ‘हो है’ भन्दै टाउको हल्लाए । 

‘‘तपाईंले त राजधानी पनि टुंग्याउनु भएछ ?’’ राउतले सोधे ।

‘‘हो त । सबैको सहमति जुटाएर सर्वसम्मतिमै टुंगोमा पुगियो,’’ राईले जवाफ दिए ।

‘‘तपाईंको ‘आइडिया’ मन पर्यो, बृहत् विराट भन्ने । हामी पनि बर्दिवाससमेतलाई जोडेर बृहत् जनकपुरको अवधारणामा जाने हो कि भन्ने सोच्दैछौं (केही क्षण हाँसो),” राउतले भने ।

प्रकाशित मिति: : 2019-05-14 16:56:31

प्रतिकृया दिनुहोस्