फेल भए बिहे गर्ने भन्दाभन्दै डाक्टर भइन्

तस्बिरः सेतोपाटी

प्रहरी नायब महानिरीक्षक (डिआइजी) आशा सिंह स्त्री तथा प्रसूति बहिरंग विभागमा व्यस्त थिइन्।

उनी बिरामी भएर प्रहरी अस्पताल आएकी होइनन्। डिआइजी आशा वर्दिवाला डाक्टर हुन्। उनको पुर्खौली घर सर्लाही हो।

'मलाई बुबाले निकै मिहिनेत गरेर पढाउनुभयो। सबै छोराछोरीलाई उत्कृष्ट शिक्षा दिने बुबाको इच्छा थियो,' उनले विगत सम्झिँदै भनिन्, 'धेरै पढायो भने धेरै तिलक दिनुपर्छ, छिटो बिहे गरिदिऊँ भनेर आमा भन्नुहन्थ्यो, तर बुबाले मान्नुभएन। अहिले जुन ठाउँमा आइपुगेको छु, त्यो बुबाकै अटेरले हो।'

पहिलोचोटि बिहेको कुरा चल्दा आशा एसएलसी दिँदै थिइन्। बुबाले आमालाई फकाउँदै भनेछन्, 'एसएलसी पास गर्न सकिनँ भने बिहे गर्दिउँला।'

धन्न आशाले राम्रै अंक ल्याएर एसएलसी पास गरिन्।

आमाले फेरि बिहेको कुरा झिकिन्। बाबुले फेरि टारे, 'आइएस्सी पास गरिन भने पक्का गर्दिने।'

प्रकाशित मिति: : 2019-05-14 10:31:53

प्रतिकृया दिनुहोस्