रिना बस्‍नेत मृत्यु प्रकरण: प्रहरीको फरेन्सिक र पोष्टमार्टम रिर्पोट नेगेटिभ

तस्बिरः देशसञ्चार

काठमाडौं-गत वैशाख ७ गते शनिबार मृत अवस्थामा फेला परेकी रिना बस्नेत मृत्यु प्रकरणको फरेन्सिक तथा पोष्टमार्टम रिर्पोट नेगेटिभ भेटिएको छ।

घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गर्दै आएको जिल्ला प्रहरी कार्यालय मोरङगका प्रहरी उपरीक्षक मनोज केसीले सो घटनाबारे प्रहरी अन्तिम चरणमा पुगेको बताएकाछन्।

देशसञ्चारसँग सोमबार कुरा गर्दै एसपी केसीले भने, ‘घटनाबारे प्रहरी न्यारो डाउनको अवस्थामा पुगेको छ। भिसेरा पनि नेगेटिभ देखिएको छ।सो रिर्पोटमा मृतकको पेटमा मदिरा फेला परेको छ।’

फरेन्सिक र पोष्टमार्टम रिपोर्ट नेगेटिभ भेटिए पनि प्रावीधिक पक्षको अनुसन्धान भने जारी रहेको एसपी केसीले बताए। प्राप्त पोष्टमार्टम रिपोर्टका अनुसार माथिबाट खस्दा बस्नेतको टाउको र छातीभित्र गहिरो चोट भेटिएको छ।

प्रकाशित मिति: : 2019-05-14 07:55:28

प्रतिकृया दिनुहोस्