भारत निर्वाचन: अलग राज्यको माग गर्ने नेपालीभाषीको आशा मोदीमाथि

गोर्खाल्यान्ड राज्य निर्माणबाट त्यो सम्भव देख्नेमध्ये एक हुन्, दार्जिलिङस्थित नेपालीभाषी साहित्यकार प्रेम प्रधान। भारतको सम्मानित मानिने साहित्य एकेडेमी पुरस्कार प्राप्त उनी नेपाली साहित्य सम्मेलनका भूतपूर्व अध्यक्ष हुन्।

भारतमा अहिले संसद्को तल्लो सदन लोकसभाका लागि प्रत्यक्ष रूप निर्वाचन हुँदैछ। गत एप्रिल ११ मा सुरु भएको मतदान मे १९ मा सकिँदैछ।

अन्तिम चरणतिर पुगेको निर्वाचनप्रति नेपालीभाषी भारतीयहरूको अपेक्षा र उनीहरूका मुद्दाबारे बीबीसी नेपाली सेवाका शरद केसीसँग साहित्यकार प्रधानले व्यक्त गरेको विचार यहाँ प्रस्तुत गरिएको छ।

प्रकाशित मिति: : 2019-05-09 11:56:21

प्रतिकृया दिनुहोस्