स्यानिटरी प्याड झर्ने भेन्डिङ मेसिन कसरी आइपुग्यो नेपाल? कति पर्छ?

ज्ञानोदय स्कुलका प्रधानाध्यापक नातिकाजी महर्जनलाई स्यानिटरी प्याड झर्ने भेन्डिङ मेसिन हस्तान्तरण गर्दै डा. अंकिता अग्रवाल।

काठमाडौं, बाफलस्थित ज्ञानोदय स्कुलले केही महिनाअघि स्यानिटरी प्याड झर्ने भेन्डिङ मेसिन राख्यो। एक रूपैयाँको डबल हालेपछि खुत्रुक्क प्याड खस्ने यो मेसिनले छात्राहरूलाई निकै सुविधा भयो।

दुई साताअघि मात्रै तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा यस्तै मेसिन राखियो। प्याड वितरण गरिरहेका अरू थुप्रै सामुदायिक स्कुलले पनि यो मेसिन राख्न पाए धेरै सुविधा हुने बताउँदै आएका छन्।

ज्ञानोदयले राखेको यो मेसिन कहाँबाट आयो? कसले ल्यायो? कति पर्छ?

यसबारे हामीले ज्ञानोदयमै मेसिन राख्न सहयोग गर्ने गान्धी इन्टरनेसनल मिसन नेपालसँग सोध्यौं।

संस्थाकी स्वास्थ्य संयोजक डा. अंकिता अग्रवालले यो मेसिन भारतबाट ल्याएको जानकारी दिइन्। उनका अनुसार राजस्थान राज्यले सन् २०१६ देखि विभिन्न अस्पतालमा यस्तो भेन्डिङ मेसिन राख्न सुरू गरेको थियो। एक वर्षपछि केरलाका सबै स्कुलमा राज्य सरकारले नै भेन्डिङ मेसिन जडान गर्यो।

यो वर्ष ६९ औं गणतन्त्र दिवसको छेको पार्दै पश्चिम रेल्वे स्टेसनले यस्तै भेन्डिङ मेसिन जडान गरेको छ। स्टेसनले आफ्ना ६ वटा शाखामा पनि राखेको छ।

प्रकाशित मिति: : 2019-05-09 09:22:16

प्रतिकृया दिनुहोस्