एउटै सडकमा फरक–फरक आदेश

तस्बिरः अन्नपूर्ण

बुटवल : रूपन्देहीको बेलहियादेखि बुटवल गोलपार्कसम्मको सडक विस्तार आयोजना सुरु भएको पाँच वर्ष बित्यो। चौराहादेखि बलहियासम्मको सडक निर्माण अन्तिम चरणमा छ। थपिएको चौराहा–गोलपार्क सडक भने अदालतको आदेशपछि अलपत्र छ।

कारण हो, अतिक्रमित संरचना। सडकमा घर परेकाहरुले भत्काउन रोक लगाउन माग गर्दै अदालतमा मुद्दा दायर गरे। उच्च अदालत तुल्सीपुर बुटवल इजालसले चौराहा तलको सडक मिचिएका घर भत्काउन अन्तरिम आदेश दिनु नपर्ने बतायो। अतिक्रमित घरहरु भत्काइए। सडक निर्माणको काम धमाधम भयो।

तर सोही सडकको माथिल्लो भागमा भने अदालतले नजिर उल्ट्याउँदै अतिक्रमित घर भत्काउन रोक लगायो। व्यवसायीले अदालतमा मुद्दा दायर गरेपछि सडक ऐन र जग्गा प्राप्ति ऐनमा रहेर सडक विस्तार गर्न आदेश दियो। सडक विस्तारको मुद्दामा ०७५ वैशाख १२ गते उच्च अदालत बुटवल इजलासका न्यायाधीशद्वय लोहितचन्द्र शाह र मुनेन्द्र अवस्थीको संयुक्त इजलासले सार्वजनिक सडक ऐन २०३१ र जग्गा प्राप्ति ऐन २०३४ अन्तर्गत रहेर सडक विस्तार गर्न आदेश दिएको थियो।

प्रकाशित मिति: : 2019-05-09 09:18:29

प्रतिकृया दिनुहोस्