जसले निजी मिडिया खोलेर सञ्चारकर्म फैलाए

२९ वर्षको उमेरमा दैनिक पत्रिका दी काठमाडौं पोस्ट् र कान्तिपुर प्रकाशन गरेर उनले इतिहास रच्ने काम त गरे नै, देशमा भर्खर आएको प्रजातन्त्रलाई वाक् तथा अभिव्यक्ति स्वतन्त्रतामार्फत मजबुत पार्ने काममा पनि महत्त्वपूर्ण योगदान दिए। उनी हुन्— निजी मिडिया उद्योग सञ्चालनमा एक पायोनियर नाम, श्याम गोयन्का।

लामो सयम भारतमा बसी दि इन्डियन एक्सप्रेससँग आबद्ध रहेर उनले मिडियालाई नजिकबाट बुझ्ने मौका पाए। नेपाल आएपछि पनि आफ्नो देशमा व्याप्त निरंकुशता, भ्रष्टाचार, गरिबी, अशिक्षा लगायतका विषयमा विचार विमर्श होस् भन्ने सधैं उनको चाहना रह्यो। यही चाहना पूरा गर्न स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठ मिडिया स्थापना गर्ने उनको लक्ष्य थियो।

यही लक्ष्य प्राप्तिमा अगाडि बढ्नुको अर्को कारण पनि थियो, दोस्रो पटक प्राप्त प्रजातन्त्रलाई स्थायित्व दिनु। स्वतन्त्र प्रेसलाई संस्थागत नगरी प्रजातन्त्रको रक्षा गर्न सकिन्न भन्ने उनलाई लाग्यो। त्यति बेला प्रकाशन हुने केही ट्याब्लोइड र सरकारी पत्रिकाले मात्र यो गर्न नसक्ने देखेपछि उनले आफैं मिडिया सञ्चालन गर्ने निधो गरेका थिए।

प्रकाशित मिति: : 2019-05-06 09:53:02

प्रतिकृया दिनुहोस्