फोरम र नयाँ शक्तिबीचको एकता प्रयासमा राजपा पनि मिसियो

नयाँ शक्ति नेपालको पार्टी कार्यालयमा बसेको तीन दलको बैठक ।

काठमाडौँ– संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकताको विषय निष्कर्ष उन्मुख भइरहेका बेला राष्ट्रिय जनता पार्टी पनि एकताका सहभागी हुन इच्छुक देखिएको छ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको पहलमा बिहीबार तीनै पार्टीका अध्यक्षबीच पार्टी एकताका लागि छलफल भएको हो।

नयाँ शक्तिको पार्टी कार्यालय बबरमहलमा भएको छलफलमा वैकल्पिक शक्ति निर्माण गर्न तीन पक्ष सहमत भएको र कही दिनभित्रै फेरि बसेर कार्यदल बनाएर अघि बढ्ने सहमति भएको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिए।

छलफलबारे जानकारी दिँदै महतोले भने, ‘वैकल्पिक शक्ति निर्माणका लागि तीन पार्टीका नेताहरुबीच सकारात्मक कुरा भयो । हामी ठोस ढंगले पार्टी एकताका लागि अघि बढ्ने निष्कर्षमा पुगेका छौं।’

फोरम र नयाँ शक्तिबीचको एकता यही वैशाख २३ गते हुने सार्वजनिक भइरहेका बेला राजपासमेत एकताका लागि अग्रसर भएको हो ।

राजपा र फोरमबीच एकताका लागि औपचारिक पत्र आदान प्रदान भए पनि प्रत्यक्ष वार्ता हुन सकेको थिएन ।

प्रकाशित मिति: : 2019-05-03 00:14:41

प्रतिकृया दिनुहोस्