निर्दिष्ट गोल

तस्बिरः नयाँ पत्रिका

नेपालगन्जकी निरू थापा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान हुन् । भर्खरै विराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनसिप २०१९ मा निरूले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि कप्तानी सम्हालेकी थिइन् । हालै मात्र नेपाल प्रहरीमा आबद्ध उनले ओलम्पिक छनोट खेलमा सफल कप्तानको भूमिका पूरा गरेकी छिन् । नयाँ पत्रिकाका राज सरगमसँग निरूले व्यक्त गरेको दृष्टिकोण :

‘खेलेर मात्रै हुँदोरहेनछ,’ मेरै टिमकी एक खेलाडीले भनेकी थिइन् । उनको अनुहार एकदम निराश देखेर एकछिन अचम्म परेँ । मेरो खुट्टाको बल उनीतिर हानेँ । बल उनीछेउ भएर गयो । उनी त फतक्क गलेर बसिन् ।
‘किन त्यस्तो भनेको ? सोधेँ । उनको नजर झुक्यो । म उनीनजिकै गएर बसेँ । उनका आँखा रसाइसकेका थिए । उनको घरमा आमा सिकिस्त हुनुहुन्थ्यो । पैसा चाहिएको थियो । तर, नेपालमा महिला फुटबल खेलाडीसँग कति नै पैसा हुन्छ र ?

प्रकाशित मिति: : 2019-05-02 15:41:27

प्रतिकृया दिनुहोस्