चक्रवात ‘फानी’ को प्रभाव नेपालमा पर्न सक्छ, सचेत रहन मौसमविदको चेतावनी

देशसंचार

काठमाडौँ – बंगालको खाडीको दक्षिण पूर्वी भागबाट विकसित भएको चक्रवात ‘फानी’ को प्रभाव नेपालमा पर्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आवश्यक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो चक्रवात ‘फानी’ बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेको र शुक्रबारबाट ओडीसा आसपास तिर मोडिने देखिएको विभागले जनाएको छ ।

अहिलेसम्मको पूर्वानुमानमा यो चक्रवात शुक्रबार अपरान्हपछि नेपालको पूर्वी भूभाग नजिक हुँदै उत्तर–उत्तर पूर्व जाने क्रममा कमजोर हुने देखिएको पनि विभागले जनाएको छ ।

प्रकाशित मिति: : 2019-05-01 14:24:46

प्रतिकृया दिनुहोस्