काठमाडौंको कथा

२०७२ सालको भूकम्पमा काष्ठमण्डप नढलेको भए त्यसलाई सायद ‘विनाशकारी भूकम्प’ भनिँदैन थियो । 

भौतिक संरचना मात्रै हेर्ने हो भने काष्ठमण्डप काठै काठले बनेको एउटा सत्तल मात्रै हो । तर, साँस्कृतिक महत्वका दृष्टिले काष्ठमण्डपसँग तुलना गर्न मिल्ने अर्को महत्वपूर्ण सम्पदा काठमाडौंभरि छैन । 

काष्ठमण्डप काठमाडौंकै पहिचान हो । काठमाडौंकै शान हो । भूकम्पमा गर्ल्याम्म ढलेपछि पनि काष्ठमण्डपले हामीलाई हाम्रो इतिहास र सँस्कृतिबारे धेरै कुरा बताउन र सिकाउन छाडेको छैन । यसबाट पनि काष्ठमण्डप कति महत्वपूर्ण सम्पदा हो भन्ने पुष्टि हुन्छ । 

प्रकाशित मिति: : 2019-04-30 18:52:39

प्रतिकृया दिनुहोस्