बिरामी हुँदा ‘डोके एम्बुलेन्स’को भर

प्युठान : डोकोमा एउटी महिलालाई बोकेका छन्। चार पाँच जना पछिपछि। एक जना एक दिने शिशु बोकेर मुसुमुसु हाँस्दै छन्। डोकोमा महिला बोक्ने पुरुष पसिनाले भिजेका छन्। तै पनि उनको अनुहार खुसीले भरिएको छ।   गौमुखी गाउँपालिका–२ अर्खा भोवाङका थमन पुनले आफ्नी सुत्केरी श्रीमतीलाई डोकोमा बोकेर घरमा लैजाँदै थिए। उनीहरुको विवाह भएको २२ वर्षपछि पहिलो सन्तानको रुपमा छोरी जन्मिएको हो। ‘गाउँ एम्बुलेन्सको पहुँच छैन्, हाम्रो दुःख यस्तै हो,’ थमनले भने, ‘गाउँमा स्टेचर छ तर उकोलो र ओरालो भएका कारण डोको मै सजिलो हुन्छ।’

प्रकाशित मिति: : 2019-04-28 10:57:03

प्रतिकृया दिनुहोस्