ट्राफिक प्रहरीले सुरु गर्‍यो ‘ठाउँको ठाउँ सुधार’ अभियान, दुर्घटना घटाउने लक्ष्य

अनलाइनखबर

बुटवल । बढ्दो सवारी दुर्घटनालाई न्युनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले ‘ठाउँको ठाउँ सुधार’ कार्यक्रम शुरु गरेको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले एक हप्तासम्म सडक प्रयोगकर्ता र सरोकारवालाहरुसँगको सहकार्यमा ‘ठाउँको ठाउँ सुधार’ कार्यक्रम सुरु गरेको हो ।

साताव्यापी कार्यक्रमबाट दुर्घटना दर प्रतिमहिना ८७ लाई घटाएर ५० मा ल्याउने, घाइते हुने दर प्रतिमहिना ७ सय २ जनाबाट पाँच सयमा ल्याउने र मृत्युदर प्रतिमहिना ४८ जनाबाट ३० जनामा झार्ने लक्ष्य रहेको ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताए ।

प्रकाशित मिति: : 2019-04-26 10:31:46

प्रतिकृया दिनुहोस्