बदनाम बन्यो जेब्रा झोला : गाँजा बोक्नदेखि शव छोप्नसम्म

यत्रो गाँजा के मा ल्याएछन्? महानगरीय प्रहरी परिसर काठमाडौंको पत्रकार सम्मेलन कक्षमा उभिएका एक प्रहरी अधिकृतले प्रश्न सकिन नपाउँदै जवाफ दिए- एउटा झोला छ नि। जेब्रा झोला, त्यसैमा।

'जेब्रा झोलामा प्याकिङ गरेर बाटोमा हिँड्दै गर्दा सामातेका हौं। शंका लाग्यो बाहिर जेब्राको बुट्टा भित्र गाँजा,' उनले थप अर्थ्याए, 'गाँजा बोक्नदेखि मान्छे छोप्नेसम्म अहिले यही झोलाको नै प्रयोग हुन थालेको छ।'

जताततै जेब्रा झोलाको प्रयोग

गत मसिर ११ गते गोंगबुबाट अपहरणमा परेका ८ वर्षीय बालक प्रयास कुँवरको अपहरण हत्या भएको थियो। बालकको शव यस्तैखाले जेब्रा ब्यागमा फेला परेको थियो। जेब्रा बुटाको रातो रगको झोलामा बालकको शव हालेर मिल्काइएको थियो।

केही दिनपछि बालकको हत्या अभियोगमा एकजना पक्राउ परे। हत्याका अभियुक्तले बालकको अपहरण गरी मित्रनगर नजिकैको पसलबाट दुईवटा जेब्रा झोला किनेको बयान दिए। अनि त्यही ब्यागमा बालकको शव हालेर फ्याँकेको सुनाए...

प्रकाशित मिति: : 2019-04-18 07:43:41

प्रतिकृया दिनुहोस्