माधव नेपालको सहमति विना नेकपा एकता घोषणाको तयारी?

प्रचण्ड, ओली र नेपाल (वायाँबाट क्रमशः)

गृहमन्त्री रामबहादुर थापा (बादल) र नेकपा महासचिव विष्णु पौडेललाई साथै राखेर प्रधानमन्त्री समेत रहेका नेकपा केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच २८ चैत्र चन्द्रागिरि हिल्स रिसोर्टमा के के कुराकानी भयो, त्यो त बिस्तृतमा सार्वजनिक भएन। तर, एउटा कुरा भने सत्तारुढ नेकपाका नेताहरुले लगत्तै सार्वजनिक गरे।

त्यो हो, नेकपा स्थापना दिवस अर्थात् २२ अप्रिल (९ बैशाख) पारेर तल्लै तहसम्म तत्कालिन एकता टुङ्ग्याउने। १० दिनको समयावधि राखेर त्यो निर्णय गरिएको समयावधिको पनि आधा अर्थात् ५ दिन बितिसकेको छ। तर, ११ महिनासम्म टुङ्गिन नसकेको एकता १० दिनमा कसरी टुङ्गिन्छ, त्यो चाहिँ नेताहरुले बताउन सकेका छैनन्।

केन्द्रीय सचिवालय, केन्द्रीय कमिटी त एकताकै बेला बनेको हो। एकता लगत्तै पार्टीको स्थायी समिति पनि निर्माण भइसकेको छ। माधव नेपालको असहमतिका वावजुद प्रदेश कमिटीले पनि पूर्णता पाएका छन्। धमाधम स्थानीय तह (नगरपालिका र गाउँपालिकास्तरीय) कमिटीहरुबीच पनि एकता हुँदैछन्। तर, जिल्ला कमिटीको एकता टुङ्ग्याउने ओली प्रचण्डलाई हम्मे परेको छ।

प्रकाशित मिति: : 2019-04-17 22:55:11

प्रतिकृया दिनुहोस्