कहाँ जान्छ विदेशको कमाइ ?

अनलाइनखवर

 

२०७६ वैशाख ४ गते २०:४० मा प्रकाशित
2 प्रतिक्रिया
220SHARES

४ वैशाख, जनकपुर । रतौली, महोत्तरीका रामसविन ठाकुर (३६) साउदी अरबबाट फर्किएको एक वर्ष पुग्न लाग्यो । पटक–पटक गरी आठ वर्ष विदेशमा बिताएका उनले त्यहाँको कमाइबाट गाउँमै सानो घर र घडेरी जोडेका छन् ।

वैदेशिक रोजगारीमा छँदा बचतसमेत गर्ने ठाकुरलाई घरमा आएर बस्न थालेको ६ महिना पुग्दा नपुग्दै घर खर्चले पिरोल्न थाल्यो । ‘आम्दानीको स्रोत नभएपछि छोराछोरीको बोर्डिङको शुल्क पनि महंगो जस्तो लाग्दोरहेछ’, उनी भन्छन् ।

केही सीप नलागेपछि ठाकुर सैलुन खोल्ने निर्णयमा पुगे । बलवा–जनकपुर सडकखण्डको शिव–बज्रंगबली मन्दिर नजिकै सैलुनमा कपाल काटिरहेका उनले अनलाइनखबरसँग भने, ‘परिवार छाडेर फेरि विदेश जान मन त छैन, तर ठूलो व्यवसाय गर्न मसँग पैसा छैन ।’

महोत्तरीका रामसविन ठाकुर वा धनुषाका मोहम्मद अख्तरहरूले विदेशमा सिकेको सीप, अनुभवलाई सदुपयोग गर्न सरकारी स्तरबाटै पहलकदमी लिन आवश्यक देखिन्छ
सैलुनको कमाइले घर चलाउन धौ धौ परेको ठाकुरको भनाइ छ । १० महिना पहिले विदेश नजाने गरी फर्केका ठाकुरले गल्फकै कुनै देशको भिसा लगाउन एजेन्टलाई राहदानी बुझाइसकेका रहेछन् ।

साउदी बाहेक अरु कुनै देशमा जाने उनको चाहना रहेछ । ठाकुर भन्छन्, ‘राम्रो कमाइ भयो भने पैसा बचाएर नेपालमै बिजनेस शुरु गर्छु ।’

लहना, धनुषाका मोहम्मद अख्तर (३३) ले पनि साउदी अरबमा ८ वर्ष बिताए । अंशमा पाएको घडेरीमा दुई तले घर पनि बनाइसकेका छन् । आफू विदेश बस्दा छोराछोरीको पढाइमा असर पुगेको भन्दै उनी स्वदेशमै केही गर्ने सोच बनाएर फर्किएका छन् ...

प्रकाशित मिति: : 2019-04-17 21:35:09

प्रतिकृया दिनुहोस्