पशुपति शर्मा किन गएनन् पदक थाप्न ?

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा योगदान पुर्‍याएका १ सय ४३ जनालाई हिजो विभिन्न पदकले सुशोभित गरिन् । गृह मन्त्रालयले सिफारिस गरेको सुचीका आधारमा उनले पदक वितरण गरेकी हुन् ।

हिजो पदक पाउनेको सुचीमा गायक पशुपति शर्माको पनि नाम सुचीमा थियो । तर, उनी पदक थाप्न शीतल निवास गएनन् । त्यसपछि आशंका गरियो कि लूट कान्छा लुट… गीतको कारण उत्पन्न विवादका कारण उनको पदक खोसिएको वा उनले बहिष्कार गरेका त होइनन् ?

 गृह मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको सुची अनुसार प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पाउने १० जनामा पशुपतिको नाम अहिले पनि देखिन्छ । त्यसो भए किन उनी पदक थाप्न गएनन् त ?
प्रकाशित मिति: : 2019-04-17 08:36:42

प्रतिकृया दिनुहोस्