भेरीकाे पानी बबईमा झार्ने १२ किलोमिटर सुरुङको ‘ब्रेक-थ्रु’

काठमाडौं प्रेस

सुर्खेत, वैशाख ३ : भेरी नदीको पानी बबई नदीमा झार्ने सुरुङको काम सम्पन्न भएको छ । आज एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको ‘ब्रेक-थ्रु’ गरेका छन्।

राष्ट्रिय गौरबको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत सुरुङको ‘ब्रेक-थ्रु’ गरिएको हो । यो सुरुङबाट भेरीको किनार चिप्लेबाट बबईको किनार खात्तीखालमा पानी झारिने छ।

यसको सुरुआत २०७४ कात्तिकबाट गरिएको थियो । बबई किनार खात्तीखालाबाट सुरुङ खन्न थालिएको थियो । जुन अहिले भेरीको किनार चिप्ले पुगेको हो।

प्रकाशित मिति: : 2019-04-16 16:24:15

प्रतिकृया दिनुहोस्