शान्ति सुरक्षा खर्च अपारदर्शी, मन्त्रीले भन्दा सचिवले गरे बढी खर्च

काठमाडौं । शान्ति सुरक्षा कायम राख्ने प्रयोजनका लागि गृह मन्त्रीले भन्दा सचिवले एकवर्षमा बढी खर्च गरेको पाइएको छ ।

महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदनमा यस्तो उल्लेख छ । “मन्त्रिपरिषद्को २०५०–०२–१३ को निर्णयले शान्ति सुरक्षा कायम राख्ने प्रयोजनका लागि एक पटकमा गृहमन्त्रीले रु ५० हजार र गृहसचिवले रु २० हजारसम्म खर्च गर्न सक्ने व्यवस्था गरेको छ । यो वर्ष मन्त्रीस्तरबाट रु ७६ लाख ५० हजार र सचिवस्तरबाट रु ७९ लाख ५१ हजारसमेत रु १ हरोड ५६ लाख १ हजार शान्ति सुरक्षा कायम गर्ने प्रयोजनमा खर्च भएको छ,” प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति: : 2019-04-15 13:44:42

प्रतिकृया दिनुहोस्