चन्द्रागिरीमा रिसोर्टको अवैधानिक संरचना बनाउँदै व्यवसायी चन्द्र ढकाल

नेपाल लाइभ

व्यवसायी चन्द्रप्रसाद ढकालले चन्द्रागिरीमा अवैधानिक रुपमा रिसोर्टको संरचना खडा गरेको रहस्य खुल्न आएको छ। चन्द्रागिरी हिल्स प्रालिका अध्यक्ष ढकालले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन बर्खिलाप गर्दै रिसोर्टको संरचना निर्माण गरेका हुन्।

ढकालको प्रालिले चन्द्रागिरीमा निर्माण गरिरहेको रिसोर्टको संरचना अवैधानिक भएसँगै स्तरीकरण प्रक्रिया पनि रोकिएको पर्यटन विभागले जनाएको छ।

प्रालिले एकै पटक (प्याकेजमै) रुख कटानीदेखि निर्माण हुने संरचनाको वातावरणीय प्रभाव मूल्यांकन गरेको थियो। तर, रिसोर्टको संरचना निर्माण गर्दा भने व्यवसायी ढकालले वातावरणीय प्रभाव मूल्यांकनभन्दा बाहिर गएर निर्माण गर्दा स्तर वर्गीकरण हुन नसकेको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताए।

‘रिसोर्ट निर्माण कार्य अन्तिम चरणमा पुगेपछि उहाँहरु स्तर वर्गीकरणका लागि हामीकहाँ आउनुभएको थियो,’ महानिर्देशक घिमिरेले भने, ‘तर उहाँहरुले बनाएको संरचना इआइए विपरीत देखिन आयो। हामी स्थलगत अध्ययनमा पनि जाँदैछौं।’

प्रकाशित मिति: : 2019-03-31 20:58:25

प्रतिकृया दिनुहोस्