कावासोतीमा बस दुर्घटना, नेपाली सेनाका १७ जना घाइते

प्रतिकारत्मक तस्बिर

पूर्वी नवलपरासीको कावासोतीमा नेपाली सेना सवार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

सुर्खेतबाट काठमाडौंका लागि छुटेको ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर कावासोती ३ पुरानो कावासोती बजारमा अनियन्त्रित भएर
दुर्घटनामा परेको हो।

नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौं आउँदै गरेका जवानहरु सवार बस दुर्घटनामा परेको हो।

घाइतेमध्य्ये प्रेमबहादुर खत्री र विरेन्द्र शाही गम्भीर छन्। उनीहरुको चितवनमा उपचार भइरहेको छ भने् अन्यको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ।

 

 

 

प्रकाशित मिति: : 2019-12-14 08:55:58

प्रतिकृया दिनुहोस्