मुम्बईमा जमेका राम र रुपाको जोडी

गायक राम शिलाल र निर्देशक रुपा शिलाल पछिल्लो समय निकै चर्चामा छन्। उनीहरु चर्चामा आउनुको कारण हो गीत–संगीतको सफलता। मुम्बई पुणेमा बसोबास गर्ने यो जोडिले प्रवासमा पनि संगीततर्फ राम्रो स्थान पाएका छन्। डोटी जिल्ला जन्मिएका गायक राम शिलाल कैलालीमा बसाइसराई गरेका छन्। तर अहिले उनको सांगीतिक जोडि भने भारतको पुणेमा बस्दै आएका छन्।

२०५५ सालदेखि औपचारिक रुपमा देउडा गीत गाउदै आएका शिलाल अहिले भने मुम्बई र पुणे लगायत भारतका प्राय ठाउँमा नेपाली देउडा गीत तथा भिडियो निर्माणको काममा निकै सक्रिय बनेका छन्। राम शब्द, संगीत र नृत्य पनि उतिकै राम्रो स्थान पाउछन्। गीतको भाबअनुसार अभिनय गर्न सक्ने शिलाल दम्पत्तीले लोक देउडा गर्या बसाइसराइ भन्ने बोलको गीत नेसनल पावर न्युज अवार्ड २०१९ मा उत्कृष्ट ६ सम्म पार्न सफल समेत भएका थिए।

शिलालले अहिलेसम्म दुईसय हाराहारी गीतको शब्द तथा संगीत गरेको बताए। क्यासेटको जमानादेखि गाउँदै आएका शिलाल अहिले भने थुप्रै गीत बजारमा ल्याउन सफल छ।

सिलालका बिरकाडी कि, मैना चरी, पिर्ती भै जहर, गरिबका दुःख, डोटी भुवनेश्वर, रातो गलबन्दी लगायत गीतहरु चर्चामा छन्। प्रवासमा बसेरपनि देउडा क्षेत्रमा ठूलो सफलता हात पारेका छन् रामले। रुपा शिलाल अहिले निर्देशनमा सक्रिय छिन्। उनको पनि पछिल्लो समय कामको राम्रो प्रसम्सा भैरहेको छ। देउडा भिडियोहरु पिर्ती भै जहर, गरिबका दुख, डोटी भुवनेश्वर, घरबार बिग्र्यो फेसबूकले लगायतमा रुपाको निर्देशन रहेको छ।

प्रकाशित मिति: : 2019-12-13 22:14:59

प्रतिकृया दिनुहोस्