तातोपानी भन्सारका प्रमुखसहित ५ जनाविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा

फाइल तस्बिर: बिएल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृतसहित ५ जनाविरुद्ध अकुत आर्जनमा मुद्दा दायर गरेको छ।

प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध साढे १० करोड विगो कायम गरिएको छ। बस्नेतसहित उनकी श्रीमती, जेठान, जेठानकी श्रीमती र छोरालाई प्रतिवादी बनाइएको छ।

३० वर्षे जागिरे जीवनमा बस्नेतले गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेर जेठान नविनकुमार गौलीलगायतका आफन्तको नाममा लुकाइ राखेको अख्तियारले दाबी गरेको छ।

 

प्रकाशित मिति: : 2019-12-13 21:45:04

प्रतिकृया दिनुहोस्