हुम्लामा दोस्रो पटक हिमपात: किसानलाई राहत, जनजीवन प्रभावित

तस्बिर: बिएल

हुम्लामा दोस्रो पटक हिमपात भएको छ। पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित उच्च हिमाली भेगमा बिहिवार बिहानै देखि हिमपात भएको हो। हिमपातले यहाँको जनजीवन प्रभावित बनेको छ।

हिमपातले हुम्लाको एकमात्र यातायात हवाई सेवा प्रभावित भएको छ। नेपालगञ्ज, सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएका तारा, सीता, समिट एयरलाइन्सका उडान प्रभावित भएका हुन। यसले अत्यावश्यक काम रोकिएका छन्।

हिमपातकाले चिसो अत्यधिक बढेर माइनस १६ डिग्री सेल्सियससम्म पुगेको छ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकामभन्दा बढी चिसो रहेको छ। त्यस्तै विद्यालयका पठनपाठन पनि रोकिएका छन्।

हिमपातले किसानलाई फाइदा पुगेको छ। जिल्लाको दक्षिण क्षेत्रका किसानले लगाएका हिउँदे बाली गहुँ, जौ लागायत बाली सप्रने कृषि विकास कार्यालय हुम्लाले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-12 15:48:20

प्रतिकृया दिनुहोस्