रंगशालामा दर्शक र पत्रकारमाथि आक्रमण प्रकरणः ३ सदस्यीय छानबिन समिति गठन

फाइल तस्बिर: बिएल

मंसिर २४ गते मंगलबार नेपाल र भुटानबीच भएको फुटबलको फाइनल खेल हेर्न पुगेका दर्शक र पत्रकारमाथि आक्रमण भएको सम्बन्धमा प्रहरीले छानबिन थालेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी श्याम लाल ज्ञवालीको संयोजकत्वमा बुधबार ३ सदस्यीय छानबिन समिति गठन गरेको हो। एसएसपी श्याम ज्ञवालीसँगै डिएसपीद्वय श्याम चौधरी र मनोहर श्रेष्ठ सदस्य रहने गरी समिति गठन गरिएको हो।

घटनामा डीएसपीद्वय रुगम कुँवर र सन्तोषसिंह राठौर मुछिएका छन्। तर उनीहरुले प्रहरीमाथि आक्रमण हुन थालेपछि आत्मरक्षाका क्रममा भएको घटनालाई अतिरञ्जित गराइएको बताएका छन्।

उनले पत्रकार भनेर नचिन्दा एक पत्रकारमाथि समेत हातपात हुन पुगेको बताए।

प्रकाशित मिति: : 2019-12-12 13:15:58

प्रतिकृया दिनुहोस्