प्रम ओलीका सल्लाहकारले भने- गौरिकालाई ६५ र अरु तीन खेलाडीलाई २२/२२ लाख नगद पुरस्कार

तस्बिर: बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले ‘सरप्राइज’ रकमको घोषणा गर्दै दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गरेका हुन्।

टिम खेलमा स्वर्ण ल्याउने खेलाडीलाई भने जनही ५ लाखले सम्मान गरिनेछ।

उक्त घोषणाअनुसार नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले सबैभन्दा धेरै पुरस्कार पाउने भएकी छन्। ४ स्वर्ण जित्ने गौरिका सिंहले सिधै ४४ लाख पाउने छिन्। यसका अतिरिक्त उनले २ वटा रजत पदक पनि जितेकी छन्। रजत जित्नेलाई प्रतिव्यक्ति ६ लाखका दरले १२ लाख दिने घोषणा गरिएको छ। यस्तै ३ कास्य जितेकी उनले थप ९ लाख पाउने छिन्। यसरी हेर्दा उनले जम्मा ६५ लाख पाउने छिन्।

`एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।´  

यता तेक्वान्दोमा २ स्वर्ण जितेकी आयशा शाक्यले २२, कराते पुरुषतर्फको एकल काता  र टिम इभेन्टमा  स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठ र गल्फको व्यक्तिगत र टिम इभेन्टमा स्वर्ण जितेका सुवास तामाङले समान २२/२२ लाख  पाउने प्रधामन्त्रीका सल्लाहकार थापाले  बिएल नेपाली सेवालाई बताए। उनले नगदको बाडफाँड भने पछि कार्यविधि गठन गरेर गरिने जानकारी दिए।

अघिल्लो सागमा भने सरकारले स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्यलाई दुई लाख दिएको थियो।

नेपालको आयोजनामा भएको साग प्रतियोगिता मंगलबार समापन भएको हो।  नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो।

१३औँ सागमा नेपालका लागि स्वर्ण जित्नेहरु

१. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते
४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते
५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते
६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते
७. अनु अधिकारी– (५० केजीमुनि) कराँते
८. नवीन रसाइली– (६७ केजी) कराँते
९. सुनिता महर्जन– (६८ केजी) कराँते
१०. अनुपमा मगर– (६८ केजी) कराँते
११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
१३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम
१८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो
१९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो
२०. सोनी गुरुङ – ट्रायथलन
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर)
२६. राजेश मगर– साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो
२९. सक्षम कार्की– तेक्वान्दो
३०. निमा घर्ती मगर - उसु
३१. लक्ष्मी मगर– साइक्लिङ
३२. बुद्धिबहादुर तामाङ– साइक्लिङ
३३. सञ्जु चाैधरी - भाराेत्तलन
३४. गाैरिका सिंह - पाैडी
३५. जुनी राई - उसु
३६. भुपेन श्रेष्ठ– तेक्वान्दो
३७. गोपीचन्द्र पार्की– दौड
३८. सुवास तामाङ– गल्फ (व्यक्तिगत)
३९. सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ– गल्फ (टिम इभेन्ट)
४०. विकास थापा– भाराेत्ताेलन
४१. गाैरिका सिंह– पाैडी
४२. किरणसिंह बाेगटी– म्याराथन
४३. संगीता धामी– कुस्ती
४४. गाैरिका सिंह- पाैडी
४५. देविका खड्का- जुडाे
४६. मिनु गुरुङ- बक्सिङ
४७. भूपेन्द्र थापा- बक्सिङ
४८. पुनम श्रेष्ठ- जुडाे
४९. गाैरिका सिंह- पाैडी
५०. सनिल शाही - बक्सिङ
५१. फुटबल

प्रकाशित मिति: : 2019-12-11 18:13:28

प्रतिकृया दिनुहोस्