सुनसरीबाट खैरो हेरोइनसहित दुईजना पक्राउ

प्रतिकारत्मक तस्बिर

सुनसरीबाट प्रहरीले खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा संखुवासभाको भोटखोला–१ बस्ने २८ वर्षीय साङबु शेर्पा र धरान–१९ चौकीबारी बस्ने ३७ वर्षीय सुरज राई रहेका छन्।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार शेर्पालाई मंसिर २३ गते साँझ धरान–८ स्थित तीनकुने चेक पोष्टबाट र राईलाई धरान–२ भानुचोकबाट पक्राउ गरिएको हो।

शेर्पा र राई खैरो हिरोइन र लागूऔषध विक्री वितरणका लागि ओसारपसारमा संलग्न रहेको सुराकी पाएपछि खोजतलास गर्दा बेग्ला बेग्लै स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले शेर्पाको साथबाट ८० मिलीग्राम हिरोइन र राईको साथबाट २० फाइल नाइट्रोजेपाम बरामद गरिएको जनाएको छ । उनीहरुलाई मंगलबार नै जिल्ला अदालत इनरुवाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको डीएसपी न्यौपानेले बताए ।

प्रकाशित मिति: : 2019-12-11 15:57:31

प्रतिकृया दिनुहोस्