जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा दुई जनाको मृत्यु

फाइल तस्बिर: बिएल

जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेका ५० वर्षीया भुरी बोहरा र ३८ वर्षीया बसन्ती भट्ट रहेका छन्।

बुधबार बिहान घाँसदाउराका लागि मायापुरी सामुदायिक वनमा गएका महिलाहरूको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

हात्तीको आक्रमणबाट चार जना भने घाइते भएका उनले बताए।

स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बमहरूलाई भारतमा उपचारको लगिएको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2019-12-11 12:52:39

प्रतिकृया दिनुहोस्