बलात्कार गरेको आरोपमा वडाध्यक्षसहित २ जना पक्राउ

प्रतिकारत्मक तस्बिर

स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा सप्तरीबाट एक वडाध्यक्षसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साह छन् ।

 ३४ वर्षीया महिलाको उजुरीपछि वडाध्यक्षसहित अर्का एक जनालाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीका अनुसार पीडित महिलाले आफूलाई गाउँकै एक कुखुरा फर्ममा बोलाएर वडाध्यक्षसहित अर्का १ जनाले जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छन्।

मंगलबार साँझ नियन्त्रणमा लिइएका उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-11 11:43:45

प्रतिकृया दिनुहोस्