नापोलीका मुख्य प्रशिक्षक कार्लोस एन्सेलोटी बर्खास्त

तस्बिर:एजेन्सी

सिरि ए क्लब नापोलीले मुख्य प्रशिक्षक कार्लोस एन्सेलोटीलाई बर्खास्त गरेको छ।

एन्सेलोटीले दोस्रो सिजन नापोलीमा बिताईरहेका थिए। लिगमा निकै खराब प्रर्दशनका कारण उनलाई बर्खास्त गरिएको हो।

एन्सेलोटीले सन् २००८–१० को सिजनमा प्रिमियर लिगको उपाधि र एफ ए कपको उपाधि जितेका थिए। उनी पछिल्लो समय प्रिमियर लिग क्लब आर्सनल र एभर्टनसँग जोडिएका छन्। दुवै क्लब अहिले मुख्य प्रशिक्षक विहिन छन्।

तीन पटक च्याम्पियन्स लिग जित्ने उनी तेस्रो प्रशिक्षक हुन्। उनले रियल मड्रिड र एसी मिलानमा रहँदा सो सफलता हात पारेका थिए।

उनले मिलानसँगै चेल्सी, पीएसजी र बार्यन म्युनिखलाई घरेलु लिगको उपाधि दिलाएका थिए।

प्रकाशित मिति: : 2019-12-11 08:22:55

प्रतिकृया दिनुहोस्