फातीको गोलमा बार्सिलोनाले ईन्टर मिलानलाई हरायो

तस्बिर:एजेन्सी

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले ईन्टर मिलानलाई हराएको छ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले सिरि ए क्लब ईन्टर मिलानलाई २–१ ले हराएको हो।

खेलको २३ औ मिनेटमा कार्लेस पेरेजको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो।

ईन्टरका रोमेलु लुकाकुले ४४ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

८६ औ मिनेटमा अंशु फातीले बार्सिलोनाका लागि विजयी गोल गरे।

वैकल्पिक खेलाडीको रुपमा ८५ औ मिनेटमा मैदान छिरेका फातीले दोस्रो मिनेटमै गोल गर्न सफल भए।

फाती च्याम्पियन्स लिगको ईतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्।

ईन्टर ७ अंक सहित तेस्रो स्थानमा रह्यो । शीर्ष स्थानको बार्सिलोनाको १४ अंक रह्यो। बार्सिलोनासँग पराजित ईन्टरको च्याम्पियन्स लिगमा नकआउट चरण पुग्ने सम्भावना सकिएको छ।

बार्सिलोना यसअघिनै नकआउट चरण प्रवेश गरिसकेको छ।

ईन्टरको हारले जर्मन क्लब बोरुसिया डर्टमण्ड अन्तिम १६ मा पुग्न सफल रह्यो।

सोही समूहको अर्को खेलमा डर्टमण्डले स्लाभिया प्रागलाई २–१ गोल अन्तरले हरायो। र १० अंक सहित दोस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्यो।

प्रकाशित मिति: : 2019-12-11 07:15:07

प्रतिकृया दिनुहोस्