पर्वत : नेपाली लोक र सुगम दुवै संगीतमा सदाबहार छाइरहने एउटा नाम हो कस्तुप पन्त। पर्वतको फलेवास नगरपालिका-७, लिमिठानामा जन्मिएका पन्त १८ वर्षदेखि सांगीतिक यात्रामै छन्।
स्वर भर्नमा भन्दा पनि मीठा लय र शब्द बनाउन माहिर मानिने कस्तुपको सांगीतिक यात्रा खासै उतार-चढावपूर्ण चाहिँ हाेइन।