नेपाल स्वर्ण जित्नबाट चुक्यो, फाइनलमा फेरि भारतसँग पराजित

तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा नेपाल पराजित भएको छ।

पोखरा रंगशालामा सोमबार भएको खेलमा नेपाल चीरपरिचित प्रतिष्पर्धी भारतसँग ०–२ गोलले पराजित भएको हो। भारतको जितमा दुवै गोल एनजी बाला देवीले गरेकी हुन्।

देवीले १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए।  दोस्रो हाफको सुरुमा नै उनले अग्रता दोब्बर बनाइन् ।

लिग चरणको खेलमा समेत भारतले नेपाललाई १–० ले हराएको थियो। उक्त खेलामा पनि पहिलो हाफको १८औँ मिनेटमा नै देवीले गरेको एक मात्र गोल निर्णायक बनेको थियो।

नेपाल सागको महिला फुटबलमा सधै रजत पदकमा सिमित हुँदै आएको छ।

प्रकाशित मिति: : 2019-12-09 14:55:26

प्रतिकृया दिनुहोस्