नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

बिएल

कोहलपुर घटनाको विरोधमा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा प्रधानमन्त्रीको केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि प्रधानमन्त्रीको ओलीको पुत्ला दहन गरेका हुन्।

प्रहरीले स्कूले बालबालिकामाथि अन्धाधुन्ध लाठी र गोलि बर्साउदा पनि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली मुकदसक बनेको भन्दै नेविसंले पुत्ला जलाएको आरआर क्याम्पसका इकाई सचीव अनुराग शाहले जानकारी दिए।

नेविसंका नेताकार्यकर्ताले नालायक सरकार मुर्दावाद!, पुलिस दमन बन्द गर!, स्कूलले बालबालिकामाथि लाठीचार्ज गर्ने पुलिसलाई बर्खास्त गर!, स्कूलले बालिकाको खुट्टामा ट्रक गुडाउने ट्रक चालकलाई कार्वाही गर! जस्ता नारा लगाएका थिए।

नेविसंका सचिव शाहले नेपालको प्रहरी प्रसासन सत्ताको दास बनेर विद्यार्थी र सर्वसाधारण जनतालाई दु:ख दिएको आरोप लगाएl

आइतबार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज–कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित एक दर्जनभन्दा बढी घाइते भएका छन्।

प्रदर्शनकारीको आक्रमणबाट इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमराज शाहीसहित ९ प्रहरी पनि घाइते भएका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी चन्दलाई उपचार गर्न सेनाको हेलीकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ।

प्रकाशित मिति: : 2019-12-09 13:55:06

प्रतिकृया दिनुहोस्