न्याय–कानून जब सत्ता र शक्तिको रखैल बन्छ, हुनेखानेहरुको खेलौना कठपुतली बन्छ र निर्धाहरुका लागि त्यो ‘आकाशको फल आँखा तरी मर’ बन्न पुग्छ, त्यसले अनिवार्यतः जन्माउने परिणति भनेको चरम निराशा र वितृष्णा नै हो ।
त्यो निराशा र वितृष्णाले उचित निकास नपाउँदा त्यसले सिर्जना गर्ने स्थिति भनेकै या त संगठित विद्रोह हो या त अराजक भीडतन्त्र नै हो ।