माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै नेपालले जित्यो कास्य

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ। सोमबार भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै नेपालले कास्य पदक हात पारेको हो ।

माल्दिभ्सले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो।

नेपालका आरिफ शेखले सर्वाधिक ३२ रनको बनाए। यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२ रनको योगदान दिए । रोहित पौडेल १५ र पवन सर्राफ १० रनमा अविजित रहे। बिनोद भण्डारीले १२ रनको योगदान गरे।

माल्दिभ्सका उमर अदमले ३ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो।

माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिसवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए। अमिल माउरुफले १३ रन जोडे।

नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए।

पुरुषतर्फको स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेशले खेल्ने छन्।

प्रकाशित मिति: : 2019-12-09 12:14:17

प्रतिकृया दिनुहोस्