दोस्रो टी–२० सिरिज: भारतविरुद्ध वेस्टइन्डिजको सहज जित

तस्बिर:एजेन्सी

जारी टी-२० सिरिजको दोस्रो खेलमा वेस्टइन्डिजले भारतलाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा वेस्टइन्डिजले भारतमाथि ८ विकेटको जित हासिल गरेको हो।

भारतले दिएको १७१ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले १८.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

वेस्टइन्डिजका लागि लेण्डी सिमन्सले सर्वाधिक ६७ रन बनाएका थिए। त्यस्तै एविन लुइसले ४०, शिमरोन हिटमेयरले २३ र निकोलस पुरनले ३८ रनको योगदान दिए।

भारतका लागि रविन्द्र जडेजा र वाशिंगटन सुन्दरले समान एक एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ्ग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो।

भारतका लागि शिवम दुवेले सर्वाधिक ५४ रन बनाए। यस्तै रिषव पन्तले ३३,रोहित शर्माले १५, वीरत कोहलीले १९, केएल राहुलले ११ श्रेयस अय्यरले १०, रविन्द्र जडेजाले ९ रन बनाए।

वेस्टइन्डिजका बलर हेडेन वाल्श र केसरिक विलियम्सले २–२ विकेट लिए भने शेल्डन कोट्रेल, जासन होल्डर र खरी पियरेले एक एक विकेट लिए।

यो जितपछि ३ खेलको सिरिज वेस्टइन्डिजले १–१ ले बराबरी गरेको छ।

प्रकाशित मिति: : 2019-12-09 07:08:18

प्रतिकृया दिनुहोस्