क्यानोइङ टोली चीन जाने

तस्बिर: बिएल

आईसीएफ वाइल्ड वाटर क्यानोइङ वल्र्ड कपमा सहभागी हुन ११ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली सोमबार चीन जाने भएको छ।

डिसेम्बर १३ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा सुमन तामाङ, सुरज गुरुङ, शक्तिकुमार गुरुङ, निशान गुरुङ, सुर्जन तामाङ, सौरभ राई, सञ्जय पुन, विक्रम गुरुङ, टकबहादुर गुरुङ, सविन गुरुङ र मोहन राणा रहेका छन् ।

व्यवस्थापकमा सुदिपराज गौतम तथा अफिसियलमा चन्द्रबहादुर दाहाल छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल ¥याफटिङ एन्ड क्यानोइङ संघका कार्यवाहक अध्यक्ष राजीव श्रेष्ठलगायतले एक कार्यक्रम आइतबार बिदाइ गरे।

प्रकाशित मिति: : 2019-12-08 18:35:51

प्रतिकृया दिनुहोस्