पुरुष बास्केटबलमा नेपाल सेमिफाइनलमा

तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाल पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको समूह ए को खेलमा माल्दिभ्सलाई ७६–६२ ले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो।

नेपालका लागि असिम श्रेष्ठले १८ आयुस सिंहले १५ तथा सदिश प्रधानले १४ स्कोर गरे।

समूह ए मा रहेको नेपाल यस अघि पहिलो खेलमा नेपाल बंगलादेशसँग ६७–६१ स्कोरले पराजित भएको थियो।

अब नेपालले सेमिफाइनलमा भारतसँग खेल्नेछ। अर्को सेमिफाइनलमा बंगलादेशले श्रीलंकासँग खेल्नेछ।

प्रकाशित मिति: : 2019-12-08 14:08:11

प्रतिकृया दिनुहोस्