पुरुष फुटबल: नेपालले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दै

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले आज माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।

नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। नेपालले २ खेलमा ४ अंक जोडेको छ।

अर्को खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रकाशित मिति: : 2019-12-07 12:51:07

प्रतिकृया दिनुहोस्